संखुवासभामा जीप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु
संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका-३ मा पर्ने सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी शीवराज जोशीले जानकारी दिएका छन् ।
खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गइरहेको जीप ३० पुस मध्याह्न दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये गापा अध्यक्ष कटुवाल र पाथीभरा हेदानाका सुरेश राईको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।