पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो
आज २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार, पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
यसैगरी उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रधानसेनापति, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारणले पनि शाहको शालिकमा माल्यार्पण गरे ।
सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो ।
विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिन शुरु गरेपछि उक्त दिवस भव्यताका साथ मनाउन थालिएको हो ।