डा. केसीलाई वीर अस्पताल लगियो
प्रहरी हिरासतमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको छ ।
सिंहदरबार प्रहरी वृत्तका अनुसार केसीको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।
आज सर्वोच्च अदालतमा बयान दिने क्रममा पनि डा केसीले आफूलाई मुटुको धडकन असामान्य भएको महशुस भएको बताएका थिए ।
उनलाई आज अस्पतालमै राखिने भएको छ ।