थप समाचारआइतवार, पौष २३, २०७४

मंगलबार, २५ पुसमा निजी विद्यालय बन्द हुने

हिमालखबर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार, २५ पुसमा देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । 

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । 

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान निधन भएको थियो । 

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको बानियाँले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही २९ पुससम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ । 

पोखरेल मुटु रोगबाट पीडित थिए। विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापक र  प्याब्सनका सल्लाहकारसमेत रहेका  ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए  ।  

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए । 

प्रतिकृया दिनुहोस