'वानप्लस-५ टी' बजारमा
वानप्लसले प्रिमियम फ्ल्यागशिप स्मार्टफोन मध्येकै अर्को सिरिज ‘वानप्लस ५ टी’ सार्वजनिक गरेको छ ।
यसले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
यो स्मार्टफोनको बडीमा अल्मुनियमको प्रयोग गरिएको छ । ‘वानप्लस ५ टि’मा रिडिङ मोड पनि रहेको छ ।
यसमा १६ मेगापिक्सेलको ड्यूल क्यामेरा, ड्यास चार्ज लगायतका विशेषता रहेका छन् ।
यसको अल न्यू प्रो मोडले डिएसएलआरको जस्तै विशेषताहरु प्रदान गर्दछ । जस्तै, आईएसओ, ह्वाइट ब्यालेन्स, सटर स्पीड, फोकस र एक्सपोजर मोडिफिकेसनका साथै तस्वीर खिचेपछि एडिट समेत गर्न सकिने छ ।
यो स्मार्टफोन देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
मिडनाइट ब्ल्याक कलरमा रहेको ६४ जीबीको मूल्य रु ६४ हजार ९०० र १२८ जीबीको मूल्य ७२ हजार ९०० तोकिएको छ ।