जेसीबी २० प्रतिशत डाउन पेमेन्टमा
एमएडब्लु अर्थमुभर्स प्रा. लिले २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी खरिद गर्न सकिने योजना ल्याएको छ ।
जेसीबीको फाइनान्सिङमा एनसीसी ब्यांक लिमिटेडले साथ दिनेछ ।
२० प्रतिशत डाउन पेमेन्टको योजनाले जेसीबी खरिद गर्दा ग्राहकहरुलाई सहज हुने कम्पनीले विश्वास लिएको छ ।
जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल लगायतका उत्पादन बजारमा छन् ।
जेसीबीका सबै सिरिजले इन्धन कम खपत गर्ने, मर्मत खर्च कम लाग्ने र सहज रुपमा स्पेयर्स पार्टस उपलब्ध हुने कम्पनीको दावी छ ।
जेसीबीले काठमाडौं, पोखरा, बुटवल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।