ग्लोबल आईएमई ब्यांकका पाँच नयाँ शाखा
११औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई ब्यांकले पाँच स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ ।
ब्यांकले काठमाडौंको कमलादी, भक्तपुरको गोठाटार, बैतडीको पुर्चौडी, गुल्मीको गौडाकोट र झापाको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
पाँच नयाँ शाखासँगै ग्लोबल आईएमई ब्यांकको शाखा संख्या ११३ पुगेको छ । ब्यांकले हाल १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ ।