अर्थ/बजारआइतवार, पौष १६, २०७४

टिभिएसको ‘जुपिटर क्लासिक’ बजारमा

हिमालखबर

टिभिएस मोर्टसको लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोर्टसले ‘अल न्यू टिभिएस जुपिटर क्लासिक’ सार्वजनिक गरेको छ ।

क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, यूएसबी चार्जर, फराकिलो सिट लगायतका विशेषता रहेका छन् ।

यसमा ११० सीसीको इन्जिन रहेको छ । 

क्लासिकमा प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा चलाउँदा इन्धन बचत हुने कम्पनीको दाबी छ ।

यसको बजार मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस