राष्ट्रिय भलिबल च्याम्पियनसिपः आर्मीले सशस्त्रलाई हरायो
पोखरामा भएको राखेप च्याम्पियनसिप २०७४ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै उपाधि जितेको छ ।
१५ पुसमा भएको प्रतियोगितामा आर्मीले २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमै सशस्त्र प्रहरी बल एपीएफलाई हरायोे ।
उपाधि विजेता आर्मीले रु ५० हजार पुरस्कार पाएको छ ।
दोस्रो स्थानमा रहेको एपीएफले रु ३० हजार प्राप्त गरेको छ भने तेस्रो भएको पश्चिमाञ्चल टिमले रु २० हजार हात पारेको छ ।
यस्तै, महिला तर्फ पहिलो हुन सफल सशस्त्र प्रहरी बल एपीएफले रु ५० हजार, दोस्रो हुने मध्यमाञ्चलले रु ३० हजार र तेस्रो हुने नेपाल प्रहरी क्लबले रु २० पुरस्कार पाएका छन् ।
प्रतियोगितामा महिलातर्फको उत्कृष्ठ खेलाडी सशस्त्र प्रहरी बलका सरस्वती चौधरीलाई घोषणा गरिएको थियो भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ घोषित भए ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको संयोजन राष्ट्रिय खेलकुद परिषदले गरेको थियो भने व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले गरेको थियो ।
-युवराज श्रेष्ठ, पोखरा