फाल्गुनन्द गोल्डकपमा सुनसरीको विजय यात्रा शुरु
पाँचथरको फिदिममा ८ पुसदेखि शुरु भएको नवौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा सुनसरीले विजय यात्रा शुरु गरेको छ ।
शुक्रवार भएको उद्घाटन खेलमा प्रतिस्पर्धी डिभाइन व्वाइज युनियनलाई ० का बिरुद्ध ३ गोल गर्दै सुनसरी ११ ले विजय यात्रा शुरु गरेको हो ।
फिदिम माविको खेल मैदानमा शुरु भएको प्रतियोगिता शुरु भएको तेस्रो मिनेटमै सुनसरीका तिर्थ वस्नेतले गोल गर्दै सुनसरीका लागि खाता खोलेका थिए ।
त्यसपछि बस्नेतले पुनः पहिलो हाफको ३६ औं मिनेटमा दोस्रो गोल गरे ।
हाफ टाइम पछिको २० औं मिनेटमा पुनः सुनसरीकै सुजन याक्खाले थप एक गोल गर्दै सुनसरीको विजय सुनिश्चित गराएका थिए ।
सुनसरीका तिर्थ बस्नेत उत्कृष्ठ खेलाडीका रुपमा पुरस्कृत भए ।
आज विर्ता युथ ११ र ताप्लेजुङ ११ बीच प्रतिस्पर्धा भइरहेको छ ।
१६ पुससम्म हुने खेलमा नेपाल र भारतका ए डिभिजन क्लव सहित १० टिमको सहभागिता छ ।
खेलको विजेता टोलीले रु ३ लाख र उप विजेताले रु २ लाख पुरस्कार पाउनेछन् ।