बाजेको सेकुवा बुटवल मिलनचोकमा
बाजेको सेकुवाले बुटवलको मिलनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ ।
फ्रेन्चाइज मोडलमा आधारित यो शाखा उपत्यका बाहिरको तेस्रो शाखा हो ।
चार दशकअघि काठमाडौंबाट शुरु भएको बाजेको सेकुवाको बुटवलसँगै १३ वटा शाखा पुगेको छ ।
बाजेको सेकुवाका शाखा र फ्रेन्चाइजहरु बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापनमा सञ्चालन भइरहेका छन् ।