समानुपातिकको मतगणना सकियो, एमालेलाई कांग्रेसभन्दा ४५ हजार बढी
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ ।
निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ सदर मतमध्ये एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले एमालेभन्दा ४५ हजार १०५ कम मत प्राप्त गरेको छ । दोस्रो भएको कांग्रेसले जम्मा ३१ लाख २८ हजार ३८९ मत पाएको हो ।
माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।
त्यस्तै राजपाले ४ लाख ७२ हजार २५४,
संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१,
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३,
राप्रपाले १ लाख ९६ हजार ७८२,
राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७,
नयाँ शक्तिले ८१ हजार ८३७ र
राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।
यो मत परिणाम अनुसार समानुपातिक तर्फबाट पाँच दलले मात्र प्रतिनिधिसभामा सिट पाउनेछन् ।