१६० क्षेत्रको नतिजा सार्वजनिक
प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ १६५ क्षेत्रमा भएको निर्वाचनमध्ये दिउँसो ४ बजेसम्म १६० क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
जसअनुसार नेकपा एमाले ७७ क्षेत्रमा निर्वाचित भएको छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्र ३६ र २१ क्षेत्रमा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) ११ र संघीय समाजवादी फोरम १० क्षेत्रमा निर्वाचित भएकाे छ ।
त्यसैगरी राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् भने हुम्लाबाट स्वतन्त्र सांसद छक्कबहादुर लामा निर्वाचित भएका छन् ।
जारी मतगणनामा नेकपा एमालेले चार क्षेत्रमा अग्रता लिइरहेको छ भने राजपाको एक क्षेत्रमा अग्रता छ ।