अर्घाखाँचीबाट टोपबहादुर रायमाझी निर्वाचित
एउटा मात्र प्रतिनिधिसभा रहेको अर्घाखाँचीमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।
रायमाझीले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर बिसीलाई १८,४४४ मत अन्तरले पराजित गरेका छन् ।
रायमाझीले ५०,३८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी बिसीले ३१,९४१ मत पाएका छन् ।