भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित
भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल निर्वाचित भएका छन् ।
सुवालले प्रतिस्पर्धीलाई १५,२५८ मतान्तरले पराजित गरेका छन् ।
सुवालले ३३,०७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७,८१८ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता मिलन सुवालले १५,३७४ मत पाएका छन् ।