पर्सा १ बाट प्रदीप यादव निर्वाचित
दुई निवर्तमान सांसदलाई पछि पार्दै पर्सा क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरमका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन् ।
यादवले २१,१३२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनील रुंगटाले १६,४८१ मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका एमालेका विचारी यादवले ५,४८१ मत प्राप्त गरे ।