कपिलवस्तु ३ बाट कांग्रेसका साह, २ बाट एमालेका गुप्ता निर्वाचित
कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका अभिषेकप्रताप साह निर्वाचित भएका छन् ।
साहले १९,९६६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मंगलप्रताप गुप्ताले १५,८०३ मत प्राप्त गरे
।
त्यस्तै क्षेत्र नम्बर २ बाट मा वाम गठवन्धनका उम्मेदवार बृजेश कुमार गुप्ता निर्वाचित भएका छन् ।
गुप्ताले ३५,१४७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले ३१,५६६ मत प्राप्त गरे ।
*सच्याइएको