गुल्मीका सबै सीटमा बाम गठबन्धन, १ बाट प्रदीप ज्ञवाली निर्वाचित
गुल्मीमा प्रतिनिधिसभा १ र २ मा वाम गठबन्धन एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र गोर्कण विष्ट निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ बाट ज्ञवाली ३७,८१४ मत ल्याई निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र भण्डारीले ३०,२५६ मत प्राप्त गरे ।
यस्तै क्षेत्र नम्बर २ मा विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई पछि पार्दै जित हासिल गरेका छन् । विष्टले ३४,६१८ मत प्राप्तगरी निर्वाचित भए भने उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०,१५६ मत ल्याए ।
गुल्मीका प्रदेशसभाका ४ वटै सिटमा पनि गठबन्धनअन्तर्गत दुई एमाले र दुई माओवादी उम्मेदवार निर्वाचित भएका छन् ।