काठमाडौं–१० मा कांग्रेस निर्वाचित
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।
केसीले २४,१९० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हितमान शाक्यले २१,९०७ मत पाएका छन् ।
यो क्षेत्रमा ५५,११० मत खसेको थियो ।