मोरङमा कांग्रेसबाट मिनेन्द्र रिजाल मात्र निर्वाचित
मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता मिनेन्द्र रिजाल निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार ऋषिकेश पोखरेललाई १ हजार ८०५ मतले पछि पार्दै रिजाल निर्वाचित भएका हुन् ।
रिजालले ३५,८१९ मत प्राप्त गरेका छन् भने पोखरेलले ३४,०१४ मत प्राप्त गरेका छन् ।
रिजाल यसअघिका दुवै संविधानसभामा समानुपातिकबाट सभासद थिए ।
पहिलो पटक निर्वाचनमा उत्रिएका रिजाल एक महिनासम्म क्षेत्रमै बसेर प्रचारमा खटिएका थिए ।
-कमल रिमाल, विराटनगर