दोलखामा वाम गठबन्धनको ‘क्लिन स्विप’
दोलखामा प्रतिनिधिसभा तथा प्रदेशसभाको दुईवटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार ठूलो मतान्तरका साथ निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट एमालेका पार्वत गुरुङ ५५,९५४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २५,००८ मत पाएका छन् ।
प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विशाल खड्का २८,३५० मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १२,९५६ मत ल्याएका छन् ।
प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनको तर्फबाट एमाले नेता पशुपति चौलागाई २३,०५८ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव चौलागाईले १०,८८० मत प्राप्त गरेका छन् ।
सर्मिला बुढाथोकी, दोलखा