कैलाली– ५ः नारदमुनीको अग्रता, दोस्रोमा आरजु
कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका नारदमुनि रानाले निरन्तर अग्रता लिएका छन् ।
अहिलेसम्म २४,९२७ मत गणना हुँदा रानाले ९,९७४ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार डा. आरजु राणा देउवाले ८,८२९ मत पाएकी छन् ।
राजपाका लक्ष्मण चौधरी ३,७६० मतका साथ तेस्रो स्थानमा छन् भने विवेकशील साझाका दिनेशराज भण्डारीले १,०४० मत पाएका छन् ।