ललितपुर–३ बाट पम्फा भुसाल निर्वाचित
ललितपुर क्षेत्र नम्बर–३ बाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल निर्वाचित भएकी छन् ।
वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भुसालले २४,०३६ मत प्राप्त गरेकी छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदनबहादुर अमात्यले २२,३२८ मत ल्याएका छन् ।