सिन्धुपाल्चोकको दुबै क्षेत्रमा वाम गठबन्धन निर्वाचित
सिन्धुपाल्चोकको दुबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धकै तर्फबाट उम्मेदवार, एमाले नेता शेरबहादुर तामाङ निर्वाचित भएका छन् ।
क्षेत्र नं. १
अग्निप्रसाद सापकोटा (वाम गठबन्धन): ४०,५०४
मोहनबहादुर बस्नेत (कांग्रेस): २९,७९८
क्षेत्र नं. २
शेरबहादुर तामाङ (वाम गठबन्धन): ३८,४०१
पशुपतिशमशेर राणा (लोकतान्त्रिक गठबन्धन): ३०,३६९