धादिङ क्षेत्र नं १ को (क) मा पाण्डे र (ख) मा जम्मरकट्टेल निर्वाचित
धादिङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डे २७,३३२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठले १३,६८५ मत प्राप्त गरेका छन् ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल २३,३८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १०, ४०७ मत प्राप्त गरेका छन् ।