धनुषामा महतोको अग्रता कायमै, पछ्याउँदै निधि
धनुषा क्षेत्र नम्बर ३ को जारी मतगणनामा राजपाका राजेन्द्र महतोले अग्रता कायमै राखेका छन् ।
महतोले ३,९८९ मत प्राप्त गरेका छन् भने कांग्रेसका विमलेन्द्र निधिले ३,२३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेश ३ (क) मा राजपाका कविन्द्रनाथ ठाकुरले १,१२१ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामसरोज यादवले १,०६० मत प्राप्त गरेका छन् ।
प्रदेश ३ (ख) मा राजपाका परमेश्वर साहको अहिलेसम्म प्राप्त मत २,३०८ छ भने कांग्रेसका श्याम साहको १,४०८ ।