हुम्लामा स्वतन्त्र उम्मेदवार लामा निर्वाचित
हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा निर्वाचित भएका छन् ।
लामाले निकटतम् प्रतिद्वन्द्वीभन्दा ४७ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
लामाले ८,४९१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८,४४४ मत प्राप्त गरे ।