दोलखामा वाम गठबन्धन दोब्बर मतले अगाडि
दोलखाको पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार पार्वत गुरुङले ६,०८३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २,५१७ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले ५,६१४ र नेपाली कांग्रेसका बर्मा लामाले १,९७१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेश सभाको क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पशुपति चौलागाईले ३३७६ मत प्राप्त गरेका छन् भने नेकपा मालेका लालकुमार केसीले १,४७२ र नेपाली कांग्रेसका केशव चौलागाईले १,३९२ मत प्राप्त गरेका छन् ।
अन्तिम परिणाम भोलिसम्म आउने मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
सर्मिला बुढाथोकी, दोलखा