उपत्यकाबाट १२०० सवारी साधन नियन्त्रणमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्वाचन नियमको अवज्ञा गरी सवारीसाधन चलाएको भन्दै एक हजार २१९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यकाबाट बुधबार राति १२ बजेदेखि बिहीबार अपराह्न ४ बजेसम्म उक्त संख्याका सवारी साधनलाई महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेको हो । महाशाखाले निर्वाचनको समयमा सवारी साधन नचलाउन आग्रह गरेको थियो ।
नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।