मतदानमा उत्साहपूर्ण सहभागिताः जियोक
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले सात प्रदेशका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा जारी रहेको जनाएको छ ।
जियोकद्वारा जारी विज्ञप्तिमा निर्वाचनमा आम मतदाताको उत्साहपूर्ण सहभागिता भएको जनाइएको छ । जियोकले निर्वाचन पर्यवेक्षणका लागि पाँचसय पर्यवेक्षक परिचालन गरेको छ ।
आयोगको तयारी, मतदान अधिकृतको व्यवस्थापन, मतदान सामग्रीको ढुवानी, सुरक्षा प्रबन्धलगायतका विषय सन्तोषजनक रहेको जियोकले जनाएको छ । रासस