अंक तालिकाको पुछारमा रहेको युएईसँग नेपाल पराजित
विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई)ले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य युएईले तीन विकेटको क्षतिमा ४५.५ ओभरमा पुरा गरेको हो ।
नेपालका लागि सन्दिप लामिछाने र शरद भेषवाकरले एक–एक विकेट लिएका थिए । टस हारेर ब्याटीङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा २२१ रन जोडेको हो ।
अबुधाबीस्थित शेख जायेद रंगशालामा २० मंसीरमा भएको खेलमा अविजित रहँदै शरद भेषवाकरले ९५ बलमा सर्वाधिक ८१ रन जोडे । यस्तै ज्ञानेन्द्र मल्लले ५४, पारस खड्का र सोमपाल कामीले समान २०-२०, दीलीप नाथले १६, बसन्त रेग्मीले १४ र विनोद भण्डारीले ४ रनको योगदान दिए ।