घरको जग खन्दा पुरिएर एकजनाको मृत्यु
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा सपिङ् कम्प्लेक्सको जग खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ ।
मृतक भारत बिहारका भिखारी महतो रहेको प्रहरीले जनाएको छ ।
जग खन्ने क्रममा ढिस्कोले पुरिएर अन्य दुईजना घाइते भएका छन् ।
सपिङ कम्प्लेक्स निर्माणका लागि नेपाल र भारतका गरी ४५ जना मजदुर कार्यरत छन् ।
दीपक ज्ञवाली, बुटवल