डोल्पाका सबै मतपेटिका सदरमुकाममा
डोल्पाका ६६ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको छ ।
निर्वाचन सम्पन्न भएको चार दिनपछि सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको हो ।
१९ मंसीरसम्म ५८ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइए पनि बाँकी आठ वटा मतदान केन्द्रका मतपेटिका आज मात्र सदरमुकाम ल्याइएको हो ।
भौगोलिक विकटताका कारण उपल्लो डोल्पामा रहेका मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए ।
उपल्लो डोल्पाका २० वटा मतदान केन्द्रका मतपेटिका चारदिन पछि आज मात्रै सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको ज्ञवालीले बताए । रासस