खेलकुदसोमवार, मंसिर ११, २०७४

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

हिमालखबर

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

२० र २१ मंसिरमा युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहितकाे टोली घोषणा गरिएको हो ।

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, तथा दिलीप नाथ छनोटमा परेका छन् भने यता वैकल्पिकतर्फ जितेन्द्र मुखिया, अनिलकुमार शाह, सिद्धान्त लोहनी तथा कुशल भुर्तेल छन् ।

उक्त टोली १३ मंसिरमा युएई जाने नेपाली टोलीका व्यवस्थापक एवं टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो । त्यहाँ नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्नेछ । रासस

प्रतिकृया दिनुहोस