३ बजेसम्म ५५ प्रतिशत मतदान
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि पहिलो चरणअन्तर्गत ३२ जिल्लामा भइरहेको मतदानमा दिउँसो ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिलोगरी मतदान शुरु भए पनि अधिकांश स्थानमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो।
सबै स्थानमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार केही मतदान केन्द्रमा छिटपुट घटना भए पनि मतदान प्रभावित भएको छैन ।
मतदानका लागि साँझ ५ बजेभित्र मतदाता मतदान केन्द्रमा प्रवेश गरिसक्नु पर्नेछ ।