टी–२० क्रिकेटमा नेपालद्वारा चीन पराजित
आइसीसी टी–२० महिला विश्वकपको एशियाली छनोटमा नेपालले चीनलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककमा १० मंसीरमा भएको खेलमा नेपालले ५० रनले जितेको हो ।
टीम नेपालले ८ विकेटको क्षतिमा १०२ रन जोडेको थियो । १०३ रनको लक्ष्य पछ्याएको चीन ५२ रनमै अलआउट भएको हो ।