३२ जिल्लामा मतदान जारी
हिमाली र उच्ची पहाडी ३२ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदाताहरू १० मंसीर विहानैदेखि लामवद्ध भएर मतदानमा सहभागी भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ३७ र प्रदेशसभासभातर्फका ७४ सांसद् चयनका लागि मतदान भईरहेको हो ।
पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लामा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता छन् । विहान ७ बजे शुरु भएको मतदान साँझ पाँच वजेसम्म जारी रहनेछ ।
मतगणना भने दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ४५ जिल्लाका मतदाताले भने २१ मंसीर आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।