ओलीको दमकस्थित निवास परिषरमा विष्फोट
नेकपा एमालेका अध्यक्ष एवम् झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी ओलीको दमक–५ स्थित घरको गेटमा बम विष्फोट भएको छ ।
आज विहान ४ बजे भएको उक्त विष्फोटबाट गेटको संरचनामा सामान्य क्षति पुगेको छ ।
नजिकै राखिएको अर्को बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।
ओलीको घरमा केही समयदेखि दमक नगरपालिकाका मेयर रोमनाथ वली बसिरहेका थिए । घरमा रहेका सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
कांग्रेस उम्मेदवारको कारमा विष्फोट
यस्तै झापा २ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार एवम कांग्रेस जिल्ला सभापति उद्धव थापाको गाडीमा बम विष्फोट हुँदा गाडीमा क्षति पुगेको छ ।
थापाले चुनावी कार्यक्रममा प्रयोग गरिरहेको उक्त गाडी अर्जुनधारा–७ स्थित घरमा राखिरहेको अवस्थामा राति १२ बजे विष्फोट भएको थियो ।
विष्फोटबाट गाडीको अग्रभागमा क्षति पुगेको छ ।
-गोपाल गडतौला, दमकबाट