नेपालद्वारा मलेसिया ३३ रनले पराजित
आइसीसी टी–२० महिला विश्वकपको एशियाली छनोटमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको छ । थाईल्याण्डको बैंककमा ८ मंसीरमा भएको खेलमा नेपालले छनोट चरणमा पहिलो जित निकालेको हो ।
नेपालले ६ विकेटको क्षतिमा १०८ रन जोडेको थियो । १०९ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर २० ओभरमा जम्मा ७५ रन जोडेको थियो ।
जितसँगै नेपालको तीन खेलबाट चार अंक भएको छ । नेपाल अंक तालिकाको चोथौ स्थानमा छ । नेपालले ९ मंसीरमा चीनसँग खेल्दैछ ।