निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने
१० मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएका छन् ।
निर्वाचनका लागि भारतसँग जोडिएको बैतडीको झुलाघाट र दार्चुला नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बिरामी बोकेका साधनले भने आवतजावत गर्न पाउने जानकारी दिए । रासस