बङ्गलादेश ब्यांकको १२ प्रतिशत बोनस शेयर स्विकृत
नेपाल बङ्गलादेश ब्याङ्क लिमिटेडको वार्षिक साधारणसभाले १२ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव स्विकृत गरेको छ । ब्यांकको ३ मंसिरमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७३÷०७४ को मुनाफा तथा जगेडा कोषबाट आफ्ना शेयरधनीहरूलाई बोनस र नगद लाभांश दिन लागेको हो ।
गत आर्थिक वर्षमा बैंकले रु. १.२० अर्ब खुद मुनाफा आर्जन गरेको थियो । १२ प्रतिशत बोनस शेयर वितरण पश्चात् ब्यांकको कुल चुक्ता पूँजी रु. ८ अर्ब पुगेको छ ।
यसैबीच साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम तथा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेललाई सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको छ ।