सिटिजन्स र दोहा ब्यांकबीच रेमिटेन्स सम्झौता
सिटिजन्स ब्यांक इन्टरनेसनल लिमिटेड र कतारको दोहा ब्यांंकबीच रेमिटेन्स आदानप्रदानको सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिटिजन्स ब्यांकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा ब्यांकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. आरसी थारमणले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश लगायतका राष्ट्रहरुबाट दोहा ब्यांकको रेमिटेन्स प्रणाली मार्फत नेपालमा पैसा पठाउन सकिने छ ।
उक्त रकम सिटिजन्स ब्यांकको नेपालभर रहेका ६६ वटा शाखाहरु तथा करीब चार हजार केन्द्रबाट भुक्तानी लिन सकिने ब्यांकले जनाएको छ ।