एसीसी यु–१९ कपः नेपालद्वारा भारत पराजित
एसीसी यु–१९ क्रिकेट एसिया कपमा नेपालले भारतलाई पराजित गरेको छ । मलेसियाकाे क्वालालम्पुरस्थित बायोमास ओभलमा २६ कार्तिकमा भएको खेलमा यु–१९ नेपाल १९ रनले विजयी भएको हो ।
टस हारेर ब्याटीङको निम्तो पाएको नेपालले जम्मा १८५ रन जोडेको थियो । टस हारेर ब्याटीङको निम्तो पाएको नेपालले जम्मा १८५ रन जोडेको थियो । दीपेन्द्रसिं ऐरीले सर्वाधिक ८८ र जितेन्द्रसिं ऐरीले ३६ रन बनाएका थिए ।
१८६ रनको लक्ष्य पछ्याउने क्रममा यु–१९ भारतले सबै विकेट गुमाउँदा जम्मा १६६ रन जोडेको हो । टीम नेपालका लागि सर्वाधिक रन जोडेका दीपेन्द्रसिंले चार विकेट लिए । आलम र सर्राफले २/२ तथा लामिछाने र कमलसिंले १/१ विकेट झारेका थिए ।
नेपालले अर्को खेल २८ कार्तिकमा मलेसियासँग खेल्नेछ। २५ कार्तिकमा भने नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।