वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप
सोलुखुम्बुको सोताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएका छन् । घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
वाम गठबन्धनले पूर्व निर्धारित कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो । कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । रासस