रुकुममा जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार
विनाविभागीय मन्त्री एवं पश्चिम रुकुम प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ कोटजहारीमा शर्मालाई लक्षित गरी बम प्रहार गरिएको हो ।
रूकुमको चौरजहारीबाट उम्मेदवार शर्मासहितको प्रचार टोली सानोभेरी गाउँपालिकातर्फ जाँदै गर्दा बम प्रहार भएको थियो । सानोभेरी गाउँपालिका –९, सिम्लीमा आयोजित चुनावी सभालाई विथोल्ने बम प्रहार गरिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक हिक्मत भण्डारीले जानकारी दिए ।
बम विस्फोटनबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
लक्ष्मण केसी, रुकुम