युवालाई अवसर दिन उम्मेदवार बनिन: बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले युवालाई अवसर दिनको लागि आफू उम्मेदवार नबनेको बताएका छन् ।
बिजुक्छेले नयाँ सोच र प्रतिवद्धताका साथ मुलुक युवाले हाँक्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताएका हुन् ।
बिजुक्छेले भने– “मैंले राजनीतिबाट सन्यास लिएको होइन । तर, म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।”
बिजुक्छेले उमेरकै कारणले उम्मेदवारी नदिएको बताउँदै नेमकिपाले सक्षम युवा पुस्ता तयार पारेको र अबको राजनीति युवा पुस्ताले सम्हाल्ने बताए ।