उम्मेद्वारी दर्ताकै क्रममा आचारसंहिता उल्लङ्घन
२१ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी दर्ताकाे क्रममा नै विभिन्न नेता–कार्यकर्ताहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।
उम्मेदवारी दर्ता गर्न कास्कीको पोखरा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेता–कार्यकर्ताहरुले आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
उम्मेदवारी दर्ता गर्न पुगेका दलका नेता–कार्यकर्ताहरुले पार्टीको चुनाव चिह्न अंकित टिसर्ट, टोपीलगायतका सामग्री प्रयोग गरेका थिए । जबकी निर्वाचन आचारसंहिताले यस्ता गतिविधि गर्न रोक लगाएको छ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरे उम्मेद्वारी रद्द समेत हुने जनाएको छ । निर्वाचन आचारसंहिता विपरितका कार्य नगर्न दलहरुलाई आग्रह गरेको कास्कीका मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा