देउवाको उम्मेदवारी वारेसमार्फत, ओली आफैं झापा पुगे
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
डडेल्धुराबाट उम्मेदवार बनेका देउवाले सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
ओली झापामा
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने उम्मेदवारी दर्ता गराउन झापा पुगेका छन् । उनले झापा क्षेत्र नम्बर ५ का लागि उम्मेदवारी दर्ता गराउँदै छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
२१ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि आज ४५ जिल्लामा उम्मेदवारी दर्ता भइरहेको छ ।