एएफसी यु–१९ छनोटमा नेपालको खराब शुरुवात
एएफसी यु–१९ च्याम्पियनसीप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल क्रिगिस्तानसँग २–० गोलले पराजित भएको छ । १४ कार्तिकमा आयोजक क्रिगिस्तानले नेपाललाई पराजित गरेर तीन अंक जोडेको हो ।
२१ औं मिनेटमा पहिलो गोल खाएको नेपाल पछिल्लो २० मिनेट बाहेक पुरै दवावमा देखिन्थ्यो । छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्रिगिस्तान, बहराईन, ओमन र युएई छन् । समुहको शीर्षस्थानमा रहेको टीम सन् २०१८ मा इण्डोनेसियामा हुने एएफसी यु१९ एसिया कपका लागि छनोट हुनेछ ।
नेपालले अर्को खेल १६ कार्तिकमा बहराईनसँग खेल्नेछ ।