आइएमई लाइफ इन्स्योरेन्सको शाखा बाग्लुङमा
आइएमई लाइफ इन्स्योरेन्सले बाग्लुङमा नयाँ शाखा सञ्चालन गरेको छ ।
८ कार्तिकमा बाग्लुङ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले गरेका हुन् ।
बाग्लुङ बजारमा रहेको शाखाले उद्घाटनकै दिन २० लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्याललगायतको उपस्थिती थियो ।